काठमाडौं । हरिकृष्ण कार्कीेले बारको मिलोमतोमा आफ्नो राज गर्न खोजेपछि असन्तुष्ट रहेका न्याधीशहरु बेन्चमा फर्केएका छन् । सुधारको योजनामा गोलाप्रथामा जाने निर्णय भएसँगै आन्दोलनमा होम्मेएका न्यायाधीशहरूमा अहिले एकरुपता छैन । यसले न्यायाधीशहरूको समूहमा विद्रोह छाएको छ । सुधारको योजनामार्फत बेन्चमा फर्कने गरी कात्तिक २३ गते भएको निर्णयबाट प्रधानन्यायाधीशको लाइनमा रहेका बरिष्ठ न्यायाधीशहरू फर्किएपछि न्यायाधीशहरूबीच विद्रोह भएको तथ्य पत्ता लागेको छ ।
हरिकृष्ण कार्कीको नेतृत्वको विकृति विसंगतिविहीन न्यायपालिकाको प्रतिवेदनले औंल्याएको गोलाप्रथामा जाने र भविष्यमा अटोमेशनमा जाने विषयमा निर्णयमा पुग्ने बेलामा स्वमं हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउत पछि हटेपछि न्यायाधीशहरूले अब छलफल नभएर क्षतिपूर्तिसहित इजलासमा जाने गरी विद्रोह गरेका हुन् ।
न्यायाधीशले केही व्यक्तिलाई प्रधानन्यायाधीश बन्ने रहर र केहीलाई दुई–चार महिना थप प्रधानन्यायाधीश बन्न पाउने बाटो खुलाउने खेलमा सर्वोच्चका धेरै न्यायाधीशहरूलाई नराम्रोसँग फसेको अनुभूति भएपछि इजलासमा फर्केर नियमित मुद्दा मामिला हेर्ने निष्कर्षमा पुगिएको बताए ।
असन्तुष्ट न्यायाधीशहरूमा हरिकृष्ण कार्की गत कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा छन्
। प्रधानन्यायाधीशसँग बेन्च बस्न तयार नभएका न्यायाधीशले पनि लामो समयसम्म बेन्च यसैगरी बहिष्कार गरिरहने हो भने जनताका सामु मुख देखाउन सक्ने अवस्थामा नरहेको र न्यायाधीशहरूले तत्काल इजलास फर्कनुपर्ने अडान लिइरहेका थिए । यो सँगै प्रधानन्यायाधीशकोे बहिर्गमनपछि सिनिनयर रहेकालाई केही समय प्रधानन्यायाधीश बनाउने खेल र चोलेन्द्र हटाएर आफूहरू मात्र बाँडेर खाने नियत देखिएपछि धेरै न्यायाधीश झस्किएका छन् ।
इजलास बहिष्कार गर्न नहुने पक्षमा विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, कुमार रेग्मी, हरि फुयाल, कुमार चुँडाल, मनोजकुमार शर्मा, नहकुल सुवेदीलगायत बहुमत न्यायाधीश उभिएका थिए ।
तीमध्येका पाँचजनाले सोमबारदेखि विद्रोही समूहमै विद्रोह गरेर अबदेखि निर्देशित आन्दोलनको गोटी नबन्ने बताइसकेका छन् । उनीहरूले २३ गते नै यो कुरा बताइसकेका थिए । तर, सोही दिन नेपाल बार एशोसिएसनले गरेको धर्ना एक्कासी नाराजुलुसमा परिणत भएपछि प्रधानन्यायाधीशको राजीनामाबाहेकको विकल्प नसोचेका न्यायाधीशहरूलाई बल पुगेको छलफलमा सहभागी एक न्यायाधीशले बताए ।
समग्रमा न्यायाधीशहरू अब दुई निचोडमा पुगेका छन । प्रधानन्यायाधीशको लाइनमा रहेका बरिष्ठ न्यायाधीशहरू कुनै हालतमा गोलाप्रथामा जान नहुने अडानमा छन् भने अधिकाश न्यायाधीशहरू गोला प्रथाको विकल्प नभएको र यसैबाट बेन्च बस्नुपर्ने अडानसहितको दबाब दिइरहेका छन् । अधिकांश न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई फुलकोर्ट राख्न लगाउने र गोलाप्रथामा जाने सबै प्रकृया पूरा गरेर यो हप्तामै बेन्चमा फर्कने तयारी गरिरहेका छन् । यस्तो अवस्थामा सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरू बेन्च बस्ने तयारीमा देखिन्छन् । अनि सर्वोच्चका न्यायाधीशको बहुमत देखेर प्रधानन्यायाधीश हटाउने खेल पनि सकिनेछ ।
FACEBOOK COMMENTS