काठमाडाैं । सल्यानकाे दार्मामा नबिल बैंककाे बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा बैंकले दार्मा गाउँपालिकासँग उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकाे छ ।
दार्मा गाउँपालिकामा नबिल बैंकका् तर्फबाट नबिल दिगाे बैंकिङ्गका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाकाे तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त साझेदारी मार्फत बैंकले गाउँपालिकाकाे स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने छ ।
FACEBOOK COMMENTS