काठमाण्डौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न जिल्लाका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।
प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँ, नगरसभा र प्रदेशमार्फत सिफारिस भएबमोजिम स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS