वीरगञ्ज । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् ।
गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो । रेल सेवा सम्झौता संशोधनमार्पmत भारतीय कन्टेनर निगम ९कोन्कर० को एकाधिकार तोडिएको थियो ।
हिन्द टर्मिनलको रेल नेपालका लागि कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन कोन्करले आप्mनो भाडा दर ३० प्रतिशत घटाएको थियो । प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले भाडामा ठूलो कटौती गरिएको भन्दै कोन्करको कदमबाट निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशंका गरिएको थियो ।
हिन्द टर्मिनलले सेवलाई निरन्तरता दिएको सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बताएको छ । प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले अहिलेसम्म हिन्द टर्मिनलले वीरगञ्ज सुक्खा बन्दरगाहमा सातओटा रेल र्याक भित्र्याइसकेको जानकारी दिए ।
‘हिन्द टर्मिनलले ७ ¥याक कन्टेनर ढुवानी गरिसकेको छ । अन्य कम्पनी पनि सेवा दिने अन्तिम तयारीमा छन्,’ मोहनले आर्थिक अभियानसित भने । हिन्द टर्मिनलले अहिलेसम्म ६३० ओटा कन्टेनर वीरगञ्ज बन्दरगाहमा ल्याइसकेको छ ।
प्रिस्टाइन भ्यालीको मुख्य साझेदारका रूपमा रहेको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूह पनि कन्टेनर ढुवानीको तयारीमा छ ।
शुरूमा कोन्करकै हाराहारीमा ढुवानी भाडा तोकेका अन्य कम्पनीले भाडा घटाएका छन् । तर, २ महीना बितिसक्दा पनि नेपाली आयातमा त्यसको लाभ भने नदेखिएको आयतकर्ताले बताएका छन् ।
सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्म ढुवानी दिने र रेल भाडाको लेनदेन कोन्कर र सिपिङ कम्पनीबीच हुने भएकाले नेपालको वैदेशिक व्यापारमा लाभ नदेखिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS