रूपन्देही । पौडेल समूहको बहिस्कारकाबीच शुरू गरिएको गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खांणको निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं ३ को चुनाव स्थगित गरिएको छ ।
दुई दिनअघि मतगणनास्थलमै खाँण समूहको आक्रमणबाट आफ्नो समूहका कार्यकर्ता घाइते भएपछि पौडेल समूहले सुरक्षाका कुरा उठाउदै आएको थियो ।चुनावी प्रकृया शुरू भएपनि कांग्रेसभित्रकै आन्तरिक किचलोले निर्वाचन स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको १४ औ महाधीवेशन अन्तर्गत सोमबार हुने भनिएको संघीय निर्वाचन क्षेत्र अन्तरगतको क्षेत्रीय समितिको निर्वाचनको तयारी गरिएको भएपनि साँझ पख पौडेल समूहले बहिस्कार गरेपछि स्थगित गरिएको हो ।
विवादका कारण दिनभर निर्वाचनको कुनै प्रक्रिया नगरी मतदाताहरु घर फर्केपछि निर्वाचन गर्ने षडयन्त्रमा निर्वाचन आयोग लागेकोले बहिस्कार गर्नुपरेको रामचन्द्र पौडेल समुहबाट अध्यक्ष पदका उम्मेदवार मातृका यादवले आरोप लगाएका छन् ।
FACEBOOK COMMENTS