पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा एसमा प्रवेश गरेका छन् । धनुषाको विदेह नगरपालिकामा पर्ने तिनकोरिया चोकमा मंगलवार आयोजित आमसभामा नेकपाका अध्यक्ष माधव कुमार नेपालले पूर्वमन्त्री झालाई अबिर लगाएर पार्टीमा भित्र्याएका हुन् ।
नेकपा एमालेमा लामो समय विताएका झा माओवादीमा प्रवेश गरेका थिए । माओवादी छाडेर डा .बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनीसँग लागे । पछि डा.भट्टराई पार्टीलाई उपेन्द्र यादवको पार्टीमा समाहित गरेपछि झा पुनः माओवादीमा फर्के । तर अहिले माओवादीलाई छाडेर उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
यस्तै नेपाली काँग्रेसका परित्याग गरी डा. अजय झाले पनि माधव नेपालबाट टिका थापेर नेकपा एसमा प्रवेश गरे । स्रोतका अनुसार अगामी स्थानीय तहको निर्वाचनमा डा. झा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने छन् ।
FACEBOOK COMMENTS