पोखरा मंसिर ७, कास्की प्रहरीले सुनको मुन्द्रा चोरी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । स-साना बालिकाहरूको कानको मुन्द्रा चोरी गरेको आरोपमा स्याङ्जा चापाकोट -४ घर भई पोखरा -१४ चाउथे बस्ने २४ वर्षीया अम्बिका पुलामी मगर पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अम्बिकालाई ४८ लालका १३ टुक्रा सुनको मुन्द्रा र ४५ लालका ६ थान सुनको मुन्द्रासहित नियन्त्रणमा लिएको हो।
अम्बिकाले विभिन्न डर, त्रास तथा ललाई फकाई गरी ५ देखी ९ वर्ष सम्मका ५ जना बालिकाहरूको कानको सुनको मुन्द्रा चोरी गरेको प्रहरीले उल्लेख गरेको छ । अम्बिकालाई जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS