पोखरा मंसिर ७ ,राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम खुला गरेको छ। शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने फाराम बुझाउन नसक्ने विद्यार्थीको लागि दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने जनाएको छ । यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ ।
कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS