हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाका एक मृतकको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गरेको छ । २०७७ चैत १६ सालमा घरमा सुतिरहेका मिथिला नगरपालिका ८ बस्ने ८० वर्षीय पदमबहादुर खपतडीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।
बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिल कर्णले संयुक्त रूपमा मृतका परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् ।
वन्यजन्तुबाट हुने राहत सहयोग २०६९ को संशोधन २०७४ अनुसार पीडितलाई आर्थिक सहयोग गरिएको डिभिजन वन कार्यालय धनुषाका वन अधिकृतले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS