काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र अटो पत्रकार संघ (जाम) बिच अन्तरक्रिया तथा स्वागत कार्यक्रम सम्म्पन्न भएको छ ।
नवगठित अटो पत्रकार संघ (जाम) का अध्यक्ष उज्वलज जंग शाह, उपाध्यक्ष सुरेन्द्र पौडेल,महासचिव सागर गजुरेल, सचीव तोयनाथ पौडेल , कोषाध्यक्ष रोशन कुमार श्रेष्ठ, सदस्यहरु सौरभ नेपाल, प्रयास श्रेष्ठ, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल , युवराज बस्नेत , उज्वल घिमिरेलाई नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सम्मान गरेका छन् ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नव गठित अटो पत्रकार संघ (जाम) का सबै पदाधिकारी साथै सदस्यहरुलाई नाडाका महासचिव सुनिल रिजालले सफल कार्यकालको शुभकामना दिएका छन् ।
कार्यक्रममा जामको उत्पती , बिकास, अबधारणा र भावी योजना के छन् ? अब कुन रुपमा अगाडि वढ्छ ? त्यसका बारेमा प्रकाश पार्दै जामका अध्यक्ष उज्वल जंग शाहले अटो सेक्टर जीवन र ईकोनोमिक दुबैको मेरुदण्ड भएकाले जीवनयापन गर्नमा यातायातले निकै ठुलो भुमिका खेलेको र अटो सेक्टरले धेरै महत्त्व राखेको बताएका छन् । शाहले नेपाल सरकार र अटो व्यवसायी बिचको सुमधुर सम्बन्धका लागि अटो पत्रकार संघ (जाम) ले बलियो पुल भएर काम गर्ने जानकारी दिएका छन् ।
त्यसैगरी जामको उदय भएसङ्गै अब जाम र नाडाले के कसरी सहकार्य गर्न सक्छ भन्ने विषयमा भने जामका महासचीव सागर गजुरेले बताए । उनका अनुसार पत्रकारहरुका संस्था धेरै भएता पनि अटोमोबाइलमा काम गर्ने पत्रकारहरुका लागि भने ब्यवस्थित संस्था नभएको र हरेक वर्ष अटो सेक्टरमा नितिगत परिवर्तन हुने भएकाले पत्रकारहरुले केही सास्ती खेप्नु परेको स्मरण गर्दै तर अब जामले गर्दा विगतको जस्तो समस्या झेल्नु नपर्ने बताए । साथै जाम र नाडाको सहकार्यमा गरिने हरेक कार्यमा जाम सक्रिय भएर लाग्ने र अटो सेक्टरमा रहेर कलम चलाउने हरेक पत्रकारहरुको लेखन शैलिको वृद्धि बिकासका लागि सहयोग गर्न जाम प्रतिबद्ध भएको जानकारी दिए ।
अहिले नाडा केन्द्रमा मात्र सिमित नभएर सातै प्रदेशमा छरिएर रहेको बताउदै प्रदेशको तर्फबाट बोल्दै नाडा केन्द्र समितिका सदस्य तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष मोहनबाबू खड्काले जामलाई नयाँ कार्यकालको शुभकामना दिदै पत्रकारले व्यवसायीको बारेमा र प्रोडक्सहरुको बारेमा उपभोक्ता माझ बिगतमा जस्तै राम्रोसँग अझै बिस्तृत रुपमा पुराउने अपेक्षा राखेको बताए ।
कार्यक्रममा यातायात कर्मिलाई पुर्वाधार चाहिन्छ । पुर्वाधार भएन र राम्रोसँग बनेन भने हिड्न कठिनाई हुन्छ। हरेकको व्यवसाय ठप्प भई जिवनयापन गर्न सहज नहुने भन्दै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले सडक र बाटो निर्माणमा नाडा र अटो पत्रकारका साथिहरुले सकारात्मक तरिकाले नेपाल सरकारलाई पुर्वाधार निर्माण र सुधारका लागि पहल गर्नु पर्ने बताएका छन् ।
त्यसैगरी नाडाका उपाध्यक्ष करण चौधरीले कुनै पनि व्यक्तिको ईमेज बनाउन र बिगार्न सक्ने सबैभन्दा ठूलो शक्ति पत्रकारको कलममा मात्र हुने भएकाले अटो सेक्टरमा कलम चलाउने पत्रकार त झन् भगवान जतिकै महान रहेको बताएका छन् । चौधरीले पत्रकारसँग भएको कलमको महत्व निकै ठुलो रहेकाले त्यस कलमलाई व्यक्ति र कम्पनी विषेश भन्दा पनि अटोको हितमा एकवद्द भएर कलम चलाउन आग्रह गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमको सहजीकरण भने नाडाका सचीव अनुप बरालले गरेका छन् ।
FACEBOOK COMMENTS