काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि मौद्रिक नीति त्रैमासिक समीक्षा जारी गरेको छ । मुलुकमा भएका केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत नै मूल्यवृद्धि नियन्त्रण, वित्तीय स्थायित्व, बाह्य क्षेत्र स्थायित्व, वित्तीय पहुँच र समावेशीता विस्तारका काम गर्ने गर्छ । विषेश गरेर मौद्रिक नीतिले मुद्रा प्रदाय र ब्याजदरको व्यवस्थापन गरी यसले आर्थिक स्थायित्व हुनुपर्नेमा जोड दिएको हुन्छ ।
चालु आर्थिक वर्ष २०७८–७९ नीतिको त्रैमासिक समीक्षा सार्वजनिक भए सँगै यसमा समावेश गरिएका नीतिमा खासै परिवर्तन भएको छैन । मार्जिन ल्याण्डिङ (सेयर धितो कर्जा) को ४÷१२ सीमा उस्तै छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा कायम सीडी (कर्जा÷निक्षप अनुपात) रेसियो पनि बैंकले यथावत् राखेको छ । यसले बजारमा हङ्गामा मच्चिएको छ । मौद्रिक नीति समीक्षाको तयारी हुँदै गर्दा ४÷१२ सीमा परिवर्तन र सीडी रेसियोको बाध्यकारी व्यवस्था हटाउन राष्ट्र बैंकमाथि दबाब दिँदै आएका थिए । यसमा अप्रत्यक्ष रूपमा अर्थ मन्त्रालयको समेत राष्ट्र बैंकमाथि दबाब रहेको स्रोतले दाबी छ । तर तीव्र दबाबका बीच राष्ट्र बैंकले आफ्नो अडान कायमै राख्दै निर्णय गरेको हो । नेपालमा मौद्रिक नीतिको सुरुवात २०५९ असार ३२ गते आर्थिक वर्ष २०५९–६० का लागि सार्वजनिक भएको थियो ।
Monetary-Policy-2078-79-1st-Quarter-Review-1
FACEBOOK COMMENTS