चितवन । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए ।
तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्घाटन सत्र सकेको एमालेले आइतबार मतदानबाट नेतृत्व चयन गर्दै छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । विद्युतीय मेसिनबाट मतदान गर्ने र सोही दिन मतपरिणाम पनि सार्वजनिक गर्ने उनले बताए । चितवनको नारायणी नदी किनारमा उदघाटन सत्र सकेर सौराहामा बन्द सत्र शनिबारदेखि सुरु हुँदै छ । शुक्रबार राति नै एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक सौराहामै बसेको छ ।
एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
हालै ललितपुरमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले यस्तो व्यवस्थासहितको विधान पारित गरेको हो । तर, शीर्ष नेताहरूलाई व्यवस्थापन गर्न समस्या भएको महाधिवेशनको बन्दसत्रबाट पदाधिकारी संख्या बढाउने’दयगत समेत छलफल हुने दाबी नेताहरूले गरेका छन् । सर्वसम्मतको प्रयास अझै जारी नै रहेको र नेताहरूको व्यवस्थापनका लागि पदाधिकारी संख्या बढाउने विषयमा नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।
१५ सदस्यीय पदाधिकारीमा आउन चाहने नेताहरूको संख्या बढेसँगै नेतृत्वलाई मिलाउन कठिन भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका आकांक्षी बढेका छन् ।
एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा। भीम रावलले उम्मेदवारी दिँदै छन् । वरिष्ठ उपाध्यक्षका लागि ओली समूहबाट महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ आकांक्षी देखिएका छन् । पूर्वमाओवादीबाट एमाले भएका स्थायी कमिटीका सदस्य रामबहादुर थापा बादल पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिँदै छन् ।
यस्तै, अहिलेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले उपाध्यक्षमै उम्मेदवारी दर्ता गराउनेछन् । उपमहासचिव रहेका घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउने घोषणा गरेका छन् ।
ओली समूहका नेताहरू लालबाबु पण्डित, किरण गुरुङसहित पूर्वमाओवादीबाट एमाले भएका टोपबहादुर रायमाझी र १० बुँदे सहमति पक्षधरका नेता रघुजी पन्तलगायतकाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँदै छन् ।
एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद ‘महासचिव’ हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षका दाबेदार पनि हुन्छन् ।
महासचिवका लागि विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउँदै छन् । एमाले स्रोतका अनुसार सचिव प्रदीप ज्ञवाली र गुरुङले उपमहासचिवमा उम्मेदवारी दिने तयारी रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS