नेपाल बार एसोसिएशनले अदालत नै ठप्प पारेर बस्दा एउटा युवा अधिवक्ताहरुको समूह सेतो पट्टी बाँधेर अदालत खोल्न पर्छ भन्दै विरोधमा उत्रिए । त्यस बखत झट्ट हेर्दा स्वागत नेपाल, भुमिनन्द चुडाल , कृष्ण प्रसाई र आकृति रायमाझी लगायतको सानो समुह नेपाल बारको भिडमा उभिए । यो सानो अभियानले नै बर्षौ देखि एकतत्र राज गर्दै आएका नेपाल बारको नेतृत्वलाई अहिले फेससेबको गरेर आन्दोलनलाई विसर्जन गर्नु पर्ने अवस्थामा पुर्याईदिए ।
उनीहरुको माग भनेको न्यायालयलाई बन्द गरेर राख्न पाईँदैन भन्ने थियो । न्याय भनेको पनि अत्यावश्यक सेवा भित्र पर्दछ । यसलाई संसारमा कहिँ पनि बन्द गर्न पाईँदैन भन्दै
अधिवक्ता स्वागत नेपालले त झन् न्यायधिशहरुले भन्दापनि अहिले न्यायालय बन्द गराउन भुमिका खेलेका शम्भु थापा लगायतका अधिवक्ताहरुले नै धेरै चलखेल गरेको र उनिहरुलाई सम्पत्ति सार्वजनिक गर्न चुनौति नै दिए ।
बिस्तारै बारको आन्दोलन केहि व्यक्तिको शक्ति प्रदर्शनमा रुपान्तरण हुँदै गयो भने सेतो पट्टी समुहको आन्दोलन मजबुद हुँदै गयो । वकिलहरुकै राजनीति समूह (डिएलए) र (पिपिएलए) बारमाथीको समर्थनबाट हात झिक्यो । यो संगै सेतो पट्टीको आन्दोलनले समाजको र जनताको समेत साथ पाउँदै गयो । यो समूहलाई देशका युवा देखि बुढापाका सम्मले समर्थन गर्न थाले।
अधिवक्ता आकृति रायमाझीले अदालतमा बहस गर्नुपर्ने अधिवक्तालाई नेपाल बार एशोसिएशनले सडकमा पुर्याएको बताएकी छन् ।
उनले बारको आन्दोलनका कारण अदालतमा हुनुपर्ने बहस अधिवक्ताहरु सडकमा गर्न बाध्य भएको बताइन् । एक महिनादेखिको बारको अर्थहीन आन्दोलनको असर अधिवक्तामा परेको उनले गुनासो गरिन् ।
जे होस् यहि समुहको अथक मिहेनतका कारण अहिले सर्वोच्च अदालत सुचारु भएको छ । अदालतको फैसला सधैं नै कालो पट्टी बाँधेर गरिन्छ र न्यायमुर्तिको आँखामा समेत कालो पट्टी बाँध्ने गरेको देखिएकोमा अब यो समूहले नयाँ प्रश्न खडा गरेको छ । अब न्यायमुर्तिको आँखामा सेतो पट्टी पो बाध्ने हो कि ?
FACEBOOK COMMENTS