पोखरा मंसिर १२,बाघको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
जिल्लाको विनय त्रिवेणी गाउँपालिका वडा नं -१ घुम्टी बस्ने अन्दाजी ६३ वर्षीय जित बहादुर विकको बाघको आक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार मृतक वि. क शनिबार दिउँसो अन्दाजी २ बजेको समयमा घरबाट निस्किएकोमा साँझसम्म पनि घर नफर्किएपछि स्थानीय र प्रहरीको सहयोगमा खोजतलास गर्दै जाँदा आइतबार सोही स्थानको विनयी सामुदायिक बनमा बाघले शरीरको केही भाग खाएको अवस्थामा उनको शव फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।