जनकपुरधाम । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ । बलरा नगरपालिका वडा नं ९ मा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् ।
आजको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फायर गरेको प्रहरीले बताएको छ । आन्तरिक विवादका कारण बलराको २ वटा वडाको अधिवेशन स्थगित भएको छ ।
दुई पक्षबीचमा झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । अहिले बलराको अवस्था सामान्य भइसकेको प्रहरीले बताएको छ ।विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ ।
FACEBOOK COMMENTS