चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञावालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन् । कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञावालीले छलफल सकरात्मक रहेको बताएका छन् ।
सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञावालीले कुरा मिल्यो भन्ने अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन ।
यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो । तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु भएको छैन ।
FACEBOOK COMMENTS