काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अब जिल्ला सकेर केन्द्रीय नेतृत्व केन्द्रित भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउवा नै पुनः सभापति दोहोरिने सम्भावना बढेर गएको छ ।
देउवाका अति बिश्वास पात्र एवं उपसभापति बिमलेन्द्र निधि आँफैं सभापति लड्ने कुराले देउवालाई कमजोर बनाउने अनुमान गरिएको थियोे । तर पछिल्लो जिल्ला जिल्ला अधिवेशनले वरिष्ठ नेता रामचन्द्र पौडेल भन्दा पनि अंकगणित उकालो लागेपछि डा. शशांक कोइराला समेत देउवा नजिक रहेर १५ औं महाधिवेशनको सभापति पक्का गर्ने स्रोतले बतायो । यता निधिले देउवालाई सहयोग गर्ने सम्भावना पनि टरेको छैन ।
दोस्रो राउन्डमा पुगेपछि जो अगाडि हुन्छ त्यस् अर्कोलाई सघाउने शर्तमा कोइराला सिंह र पौडेल उठे भने पहिलो राउन्ड मै देउवा उम्कने आङ्कडा निस्किएको छ । पाँच बर्ष पछिको सभापति पक्का गर्ने र महामन्त्री बन्ने युबा नेताहरु पनि देउवा निकट हुँदै जानुले कांग्रेस महाधिवेशन देउवाका लागि सहज हुँदै गएको छ ।
ललितपुर ,भक्तपुर ,काभ्रे ,रामेछाप ,नुवाकोट ,मकवानपुरलगायतका जिल्लामा देउवाको एकल पकड छ । सुदुर पश्चिम र पुर्बमा समेत अंकगणित सहज छ । मध्य पश्चिम देउवाको राम्रो बनेको छ । पौडेल समुहभित्रै अनेक समुह हुनु र कृष्ण प्रसाद सिटौला समेत देउवासमुहमा सहयोगी हुनुले देउवा पुनः कांग्रेस सभापति हुने पक्का पक्की भएको हो ।
FACEBOOK COMMENTS