महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको मतगणना अन्तिम चरणमा पुगेको छ । सहमति जुट्न नसकेपछि शनिबार भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि जारी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
अहिलेसम्मको मतगणनामा क्षेत्रीय सभापति, सचिव र सहसचिवको मतपरिणाम आइसकेको छ । बाँकी पदाधिकारी तथा केन्द्रीय महाअधिवेशन प्रतिनिधिको नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाए छ ।
सभापतिमा महेश झा निर्वाचित भएका छन् भने सचिवमा पशुराम गिरी, सन्तोष कुमार र सहसचिवमा सुरेश महतो, उत्सव दाहाल निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा ५१६ जना मतदाता मध्ये ४९४ जनाले मतदान गरेका थिए । सभापतिमा २०७ मत अर्थात् प्रतिद्वन्द्वी राम श्रेष्ठ महतोभन्दा ८ मत बढी ल्याएर महेश कुमार झा क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।
त्यस्तै केन्द्रीय महाअधिवेशन प्रतिनिधिको भने मतपरिणाम आइसकेको छैन । क्षेत्र नम्बर १ बाट २४ जना निर्वाचित गर्नुपर्ने तर उम्मेदवार बढी भएको हुँदा मतपरिणाममा ढिलाइ भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS