काठमाण्डौँ — पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर बिक्री सुरु गरेको छ ।
कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो ।
आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।
कूल निष्कासनमध्ये ३५ हजार पाँच कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।
FACEBOOK COMMENTS