काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
बुधबार सिंहदरबारमा अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको बताइएको छ । प्रहरी प्रधान कार्यालयले गरेको छानविनबाट भारतीले नयाँ पेस्तोल ल्याएको र नम्बर टिपाउने क्रममा ‘मिस ह्याण्डलिङ’ हुँदा गोली चलेको थियो ।
भारतीले बोकेको पेस्तोल १० कात्तिकमा सिंहदरबारभित्र पड्किएको थियो । तर कसैलाई लागेको थिएन । हतियारसहित बर्दीमा रहेका वेला टिकटक बनाउने असई कमलेश यादव पनि कारबाहीमा परेका छन् । उनी प्रदेश १ का एक जना मन्त्रीको सुरक्षामा खटिएका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छानविनमा प्रहरी सहायक निरीक्षक असई भारतीको लापरबाहीले घटना भएको निष्कर्षसहित उनलाई नसियत दिएको छ ।
दुवैलाई जिम्मेवारीबाट तानेर प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा ल्याइएको छ ।
FACEBOOK COMMENTS