काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्काेले रसियामा गाभिएकाे क्रिमिया प्रायद्धीप अाफ्नाे भएकाे दाबी गरेका छन् । लुकासेन्काेले रसियाकाे अारअाइए नाेभाेस्तीसँगकाे अन्तर्वार्तामा क्रिमिया आफ्नाे भूमि भएकाे दाबी गरेका हुन् ।
सन् २०१४ मा भएकाे जनमतसंग्रमा अधिकांशले क्रिमियालइ रसियामा आबद्ध हुने पक्षामा मदतान गरेका थिए । तर, साे नतिजालाई किभ र पश्चिमा मुलकहरुले अस्वीकार गर्दै अाएका छन् ।
यसैबीच, लुकासेन्काेकाे अभिव्यक्तिपछि युक्रेनले नेटोलाई रुसी आक्रमणबाट बचाउन अनुरोध गरेको छ भने रुसी राष्पुट्रपति भ्लादमिर पुटिनले युक्रेन सीमामा ९४ हजार सैनिकहरू पठाएका छन् । रुसकाे सेना परिचालनसँगै रुसी आक्रमणको आशंका बढेकाे छ ।
बेलारुस रसियाकाे नजिककाे मित्र हाे । अधिकांश देशले अझै पनि क्रिमियालाई युक्रेनकाे अभिन्न अंग मान्दै अाएका छन् ।
FACEBOOK COMMENTS