काठमाडौँ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएको छ । बिहिबार भारतको कर्नाटाकामा यस नयाँ भेरियन्टको दुई नयाँ केस देखिएको हो ।
हालसम्म २९ देशहरुमा यसको ३७३ भन्दा बढी केसहरु देखिसेकेको छ । दक्षिण अफ्रिकी मुलुकहरुमा सबैभन्दा पहिला देखिएको यो नयाँ भेरियन्ट हालसम्म नेपालमा भने नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भेरियन्ट संक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुमा असर पार्ने देखिएको हुनाले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनकाे अनुसार यसबारे थप अध्यन भइरहेको छ ।
FACEBOOK COMMENTS