काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरिज अन्तर्गत दुई नयाँ समार्टफोन नार्जो ५०आई र नार्जो ५०ए सार्वजनिक गरेको छ । कम्पनीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सिरिजकाे स्मार्टफाेन ल्याएको हाे ।
उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निकै राम्राे विकल्प भएकाे मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले बताए ।
उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिन हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज नार्जो ५० आई र नार्जो ५० ए ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुई फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ,’ उनले भने ।
संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड हाे ।
रियलमि नार्जो ५० ए काे फिचर
मिडियाटेक हेलयिो जि८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० मेगपिक्सल ट्रिपल एआई क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।
साथै यसको अगाडिपट्टि रहेको एआई ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ मेगापिक्सल क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० एमएएचको ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल ओटिजी रिभर्स चार्ज र १९ वाट फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५”) को मिनी ड्रप डिस्प्ले भएको रियलमी नार्जे ५० ए मा अडियो र भिडियोको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।
सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त रियलमी नार्जो ५० ए मा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ जिबिको) राख्न सकिन्छ, जुन २५६ जिबिसम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४जिबि+६४जिबि र ४जिबि+१२८जिबि को स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।
रियलमी नार्जो ५० आईकाे फिचर
यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर रियलमी नार्जो ५० आई मा शक्तिशाली युनिसोक ९८६३ अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य एआइवोटी उत्पादनहरु जस्तै टिडब्लुएस हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ ।
यसको १६.५ सेन्टिमिटर (६.”) को ठूलो डिस्प्ले र ८९.५ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ । रियलमी ५० आईको ८.९ एमएमको सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको सजिलै मन जित्नेछ ।
यसमा भएको ८ मेगापिक्सलको एआई क्यामरा र एफ २.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुकोको साथै १०८० पि को फुल एच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा माइक्रो युएसडी पनि राख्न मिल्छ । र यसले २५६ जिबि सम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ । यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २ जिबि+३२ जिबि र ४जिबि+६४जिबि को स्टोरजमा उपलब्ध छ ।
FACEBOOK COMMENTS