दुवई । एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न छ । कार्यक्रम माझ संचार उद्यम तर्फ कर्पोरेट मिडिया नेटवर्कका अध्यक्ष उज्जवल जंग पराक्रम् शाह एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बाट सम्मानित भएका छन् ।
अवार्ड कार्यक्रम मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय, दैनिक र राज्य दैनिक र बाईटस पाण्डा रहेका थिए । कार्यक्रम एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) को प्रमुख आतिथ्यता तथा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा इन एशोसियट पार्टनर तर्फ नेपालबाट जनसवाल राष्ट्रिय दैनिक,जनसवाल डट कम तथा अर्थ रोजगार टेलीभिजनका सम्पादक तथा अध्यक्ष रामजी बगाले र नेपाल टेलिभिजन न्युज कार्यक्रम सचेतनाका कार्यक्रम प्रस्तोता तथा निर्देशक समेत रहेका राज्य दैनिकका अध्यक्ष तथा कार्यकारी संपादक सरोज ओझाको बिशेष उपस्थिती रहेको थियो ।
सो अवसरमा एनआरएन आईसिसि सदस्य समेत रहेका फिस्टेल ट्राभल्स युएईका प्रबन्ध निर्देशक तथा सामाजिक अभियन्ता ठाकुर प्रसाद ढुङ्गाना, एनआरएन आईसिसिका सदस्य नेत्र शर्मा, नेपाल एसोसिएसन दुबईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए एनसिसि युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवाल, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष एम डि बोहोरा, एनआरएन एनसिसि युएईका युवा संयोजक मदन अधिकारी, व्यवसायी तथा सामाजिक अभियन्ता भिमनारायण श्रेष्ठ, व्यवसायी तथा सामाजिक अभियन्ता रमेश न्यौपाने, नेपाली समाज युएई खेलकुद संयोजक हिरालाल श्रेष्ठ, व्यवसायी बिष्णुहरि बगाले, व्यवसायी पुरन घले, मोडल एवम् कलाकार आशिष पुरुष, नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान युएईका भुतपुर्व अध्यक्ष, गोपी कृष्ण पंगेनी लगायतका अतिथीहरुको उपस्थित रहेका थियो ।
नेपाली राष्ट्रिय गान र अरवी राष्ट्रिय गान सहित शुरु भएको कार्यक्रम समारोहको समुदघाटन ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी समेत रहेका शेख नासिर मुर्त्दाह बकर, समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) तथा एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले गरेका थिए । सो अवसरमा पत्रकार महासंघ युएइका अध्यक्ष लक्ष्मण खनालले स्वागत मन्तव्य राख्दै आयोजक संस्थाको बिषय र कार्यक्रम बारे जानकारी गराएका थिए भने नेप्लीज डान्स समूहका सनम रसाईली र समुहका सदस्यहरुले स्वागत नृत्य पस्किएका थिए ।
सो अवसरमा एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएई निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एवम् समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) ले मन्तव्य धारणा राख्दै दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड आयोजना भएकोमा खुशी व्यक्त गर्दै नेपाली समुदायले आफ्नो साँखलाई अक्षुण राख्दै यहाँको कानुनलाई अक्षरश पालना गर्दै अघि बढनु पर्ने बताए ।
त्यसैगरि, कार्यक्रमका बिशेष अतिथी शेख नासिर मुर्त्दाह बकरले नेपालबाट दुबईमा आई कार्यक्रम आयोजना गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले दुई देशका नागरिक बीचमा सुमधुर सम्बन्ध कायम राख्न सघाउ पुग्ने तथा व्यवसायिक वातावरणमा नयाँ आयाम थप्ने उल्लेख गरे । त्यसैगरि, कार्यक्रमका बिशेष अतिथी एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले दुवईमा कार्यक्रम आयोजना हुनु सुखद पक्ष रहेको जनाउदै नेपाली समुदायको हितका लागि सिंगो एनआरएनए परिवारले काम गर्दै आएको बताए ।
कार्यक्रम माझ आफ्नो मन्तव्य राख्दै एमएसएन एक्सिलेन्स अवार्ड २०२१ को इन एशोसियसन पार्टनर राज्य मिडिया नेटवर्कका अध्यक्ष तथा राज्य दैनिक डटकमका कार्यकारी सम्पादक सरोज ओझाले विभिन्न विकल्प माझ अवार्ड तथा सम्मान कार्यक्रम दुवईमा आयोजना गरिएको जानकारी गराउदै यस कार्यक्रमले नेपाल र दुवई बीचको सम्बन्धलाई थप प्रगाण र सुमधुर बनाउनेमा विश्वास व्यक्त गरे । मोडल संङ्स नेपालका अध्यक्ष डेभिल सिंह राजपुतको सभापतित्व माझ आयोजित उक्त अवार्ड कार्यक्रम जे सागर र सरु काव्याले संचालन गरेका थिए ।
FACEBOOK COMMENTS