काठमाण्डौँ — एन आई सी एशिया बैंकको बोनस शेयर सूचिकृत भएको छ ।
बैंकको पुस ४ मा बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८०,३१,११७ कित्ता शेयर यही फागुन ९ मा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।
यो पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी ८,८३४,२२८,६९८ रहेको छ ।
बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनी महानुभावहरूमा बैंकले आग्रह समेत गरेको छ ।
हालसम्म बैंकले मुलुकभर २ सय ७७ वटा शाखा कार्यालय, २ सय ९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS