काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष पदमा युवा नेता राजेन्द्र लिङ्देनको प्रबेश भएको छ । देशले युवा नेतृत्वको खाँचो महसुस गरिरहेको बेला लिङ्देनको आगमनले राप्रपा बलियो हुने पार्टीका कार्यकर्ता बताउँछन् ।
लिङ्देन पार्टीको अध्यक्ष भएकोमा नागरिकमा केहि आशा पलाएको छ । यो सँगै चाहेको हिन्दु राष्ट्र र देशका राजा अब फर्किने बाटो तय भएको संकेत रहेको छ ।
पुरानो पुस्ताको गतिलाई ब्रेक गरि नेतृत्व परिवर्तन हुँदा राष्ट्रमा पनि केही राम्रा काम हुने नै हुन्छन् । देश समृद्ध बन्छ । युवामा आत्मविश्वास बढ्छ । लिङ्देन नेतृत्वले त झन् नागरिकको सोच्ने तरिका, धारणा र पुराना रुढीवादी रिवाजलाई परिवर्तन गर्न साहस थप्ने विश्वास पार्टीका एक कार्यकर्ता बताउँछन् ।
लिङ्देनले अब युवकत्वको मुल्याङकन दिनलाई के गर्छन् होला त ? यो चासोको विषय बन्न सक्छ । तर उनी लगाम लगाएका घोडा जस्तो आफ्नो बुद्धि र विवेकलाई तिलान्जली दिएर सिमीत घेरामा बसी काम गर्ने लठैत युवा होईनन् । यो कुराको पुष्टि गर्नका लागी उनले गरेका पहिलाका कामलाई स्मरण गरे पनि पुग्छ । उनको आचरण, विचार, सोच्ने तरिका, कार्यशैली र उच्च शिक्षाले उनको नेतृत्वले परिवर्तनको लय त समाउछ नै देशका युवाहरुको विकाससँगसँगै देशको विकास पनि हुन्छ भन्ने युवाहरुको धारणा छ ।
आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय छन ्।यसरी हेर्ने हो भने लिङ्देनको नेतृत्वमा के अब युवाहरु नयाँ उर्जा र सृजनशीलताका साथ अगाडि बढ्छन् होला त?
लिङ्देन र उनको राजनीतिक सुुरुवात :
पाँचथरको अमरपुरमा वि.सं. २०२२ साल भदौ २२ गते लिङ्देनको जन्म भएको थियो । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भयो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने ।
झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए।
२०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।
पिता मानप्रसाद र माता धनकुमारीका छोरा लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन्।
राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।
राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए। ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएका थिए ।
FACEBOOK COMMENTS