दुवई , नेपालबाट आएका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र एनटिभी न्युज कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक सरोज ओझालाई आईतबार एनआरएनए एनसिसी युएईले बर दुवईमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । समाचार संकलनका साथै मध्यपुर्वमा नेपाली हरुको सम्भावना र चुनौतिका बारेमा स्थलगत अध्ययनको लागी एक साता देखी युएईमा रहेका पत्रकारहरुको सम्मानमा एनआरएनए एनसिसीले औपचारिक कार्यक्रम राखी स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा एनआरएनए आईसिसी मध्य पुर्व उप संयोजक मनोज गोर्खाली, एनआरएनए आईसिसी सदस्यहरु ठाकुर प्रसाद ढुङ्गाना, राजु केसी एबं नेत्र शर्मा, एनआरएनए एनसिसी युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवाल, एनआरएनए एनसिसी युएईका उपाध्यक्ष राजन ढुङ्गाना, कोषाध्यक्ष विकास शाही, एनआरएनए युएई युवा संयोजक मदन अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा युएई र मध्यपुर्वका गैर आवासिय नेपालीहरुको समग्र अवस्था, एनआरएनए एनसिसी युएईका गतिविधी, श्रम ,रोजगार, रेमिटेन्स, अवैध नेटवर्क व्यापार, सुन तस्करी,हन्डि, भिजिट भिसाको समस्या लगाएत विविध बिषयमा अन्तर्कृया गरिएको थियो । अन्तर्कृयाका क्रममा एनआरएनए आईसिसी मध्य पुर्वका उप संयोजक मनोज गोर्खालीले नेपालका प्रतिष्ठित एवम् अग्रणी समाचार प्रदायक संस्थाबाट युएई एबं समग्र मध्य पुर्वका जल्दाबल्दा सवालहरुलाई लिएर भएको पत्रकार हरुको भ्रमण सफल हुनेमा कुनै दुबिधा नरहेको उल्लेख गर्दै मध्यपुर्वमा स्वागत गर्न पाउँदा आफुलाई खुशी एबं गर्व लागेको बताए । साथै, उपसंयोजक गोर्खालीले एनआरएनएको निर्वाचनको मुखमा भएको पत्रकारहरुको भर्मणलाई एनआरएनएले चासोपुर्वक हेरेको बताउदै प्रवासी नेपालीहरुका साझा मुद्धा, एकता र भाईचारा अभिबृद्धीमा यस भ्रमणले सघाउ पुग्ने आशा व्यक्त गरे ।
गोर्खालिले एनआरएनएको जन्मदेखी नै सहकार्य गर्दै अगाडी बढेको जनसवाल रास्ट्रीय दैनिकसँग भविस्यमा पनि सहकार्य गरेर अगाडी बढने बताए । उक्त कार्यक्रममा युएईका सफल व्यवसायी, एनआरएनए आईसिसी सदस्य ठाकुर प्रसाद ढुङ्गानाले नेपाल र नेपाली समुदायको हितमा निर्भिकता पुर्वक कलम चलाउदै आएका व्यक्तित्वहरुको यस भ्रमणबाट सिंगो एनआरएनए परिवार निकै आशावादी रहेको उल्लेख गर्दै पत्रकारहरुलाई दुवईमा स्वागत गर्न पाउँदा आफुलाई अत्यन्तै खुशी लागेको बताए । युएईका सामाजिक गतिविधिहरुमा सकृय ढुङ्गानाले नेपालबाट आउने पत्रकार,कलाकार,राजनितिक ब्यक्तित्वलगाएत लाई सधै सहयोग गरिरहेको र भविस्यमा पनि गर्ने बताए । कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेले मध्यपुर्वका देशहरुप्रति र ती दशमा रहने नेपालीहरुप्रती आफ्नो सम्मान रहेको बताए । बगालेले स्थलगत अध्ययनको सिलसिलामा कलमजिवी पत्रकारहरुको सम्मानमा एनआरएनए एनसिसी युएईले औपचारिक कार्यक्रम राखी स्वागत तथा अन्तर्कृयाको आयोजना गरेकोमा एनआरएनए एनसिसी युएईलाई धन्यवाद ब्यक्त गरे ।
उनले कावा अध्यक्ष निरन्जन सिलवाल र उपस्थित कार्यसमितिका पदाधिकारी सहित मध्यपुर्व सहसंयोजक मनोज गोर्खाली,आईसिसि सदस्य ठाकुर ढुंगाना,राजु केसी,नेत्र शर्मालगाएतलाई कार्यक्रममा उपस्थित भई आफ्नो भनाई राखेकोमा धन्यवाद ब्यक्त गरे । सो अवसरमा बगालेले युएई र मध्यपुर्वमा रहेका गैरआवासिय नेपालीहरुको समग्र अवस्था, एनआरएनए आईसिसी मध्यपुर्व एबं एनआरएनए एनसिसी युएईका गतिविधी, बैदेशीक रोजगार, रेमिटेन्स, अवैध नेटवर्क व्यापारका नाममा भैइरहेको ठगी, सुन तस्करी, हुन्डि,भिजिट भिसाका नाममा भइरहेको बैदेशीक रोजगारिको काम लगाएत बिषयमा आफुहरुको ध्यान केन्द्रित भएको र यसतर्फ संघको ध्यान जानुपर्ने बताए । उक्त कार्यक्रममा एनआरएनए आईसिसी सदस्यहरु राजु केसी एबं नेत्र शर्मा, एनआरएनए एनसिसी युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवाल, एनआरएनए एनसिसी युएईका उपाध्यक्ष राजन ढुङ्गाना, कोषाध्यक्ष विकास शाहीलगाएत एनआरएनए पदाधिकारीहरुले नेपाल बाट आएका पत्रकार हरुको सुझावलाई मनन गर्दै सहकार्य गरेर अगाडी बढ्ने बताए ।
FACEBOOK COMMENTS