काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले च्याटबोट सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा सञ्चालनमा ल्याएको हो ।
यस च्याटबोट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्ने छन् । साथै, उनीहरुले भौतिक उपस्थिति बिना नै सेवा लिन सक्ने क्यापिटलले जनाएको छ ।
परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।
यसअघि कम्पनीले विद्युतीय प्रणालीमार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।
FACEBOOK COMMENTS