काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फूत नेता परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
परियार संस्थापन इतर पक्षबाट सहमहामन्त्रीबाट उम्मेदवार दिने घोषणा गरेका हुन् । संविधान सभा सदस्य रहेका उनी १२ औ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका छन्।
नेपाली कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक जना सहमहामन्त्री रहने विधान व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS