काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आज शेयर बजार ५.८४ अंकले घटेर २ हजार ४ सय ४९.९ बिन्दुमा पुगेको हो । बजारमा आज १८९ वटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता शेयर कारोबार भएको छ ।
७२ वटा कम्पनीको शेयरमुल्य बढदा १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छख भने बाँकी १२वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य कम्पनी बाहेक सबै कम्पनीको शेयर मुल्य घटेको छ । बजारमा आज हिमालयन डिष्टीलिटरको सर्वाधिक ८८ करोड ५५ लाख कित्ता शेयर कारोबार भएको छ ।
सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो, लक्ष्मी इक्विटीफण्ड, सपोर्ट लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, युनिभर्सल पावर कम्पनी, बोटर्स नेपाल आदि कम्पनीको शेयर मुल्य बढेको छ । आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत्त कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था , स्वाभिमान लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो र श्री इन्भेष्टमेन्ट आदि कम्पनीहरु रहेका छन् ।
FACEBOOK COMMENTS