पोखरा मंसिर २३ , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन हुने भएको छ । वडा तहदेखि नेतृत्व चयन गरेको माओवादीले पोखराको सभागृहमा मंसिर २५ र २६ गते गण्डकी प्रदेशको प्रथम अधिवेशन हुने प्रदेश समिति प्रवक्ता तथा सचिव देवेन्द्र पराजुलीले बताए ।
‘सातै भोगोलिक र तीन गैरभौगोलिक गरी दश प्रदेशहरुको प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले २५ गते एकैसाथ गर्नुहुन्छ,’ उनले भने, ‘यसरी २५ र २६ गते पोखरा सभागृहमा ऐतिहासिक प्रथम गण्डकी प्रदेश अधिवेशन हुनेछ ।’ गण्डकीका मनाङ, मुस्ताङ र नवलपुरका केही स्थानीय तहका अधिवेशन गर्न बाँकी छन् । बाँकी सबै स्थानीय तहमा वडादेखि नै अधिवेशन सकिएको गण्डकी सचिव पराजुलीले बताए ।
अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जनासहित २२९ सदस्यीय प्रदेश समिति गठन गरिने गण्डकी इञ्चार्ज हितराज पाण्डेले जानकारी दिए । प्रदेश समितिमा ९ पदाधिकारीसहित २ सय २९ कार्यसमिति सदस्य हुने व्यवस्था छ । प्रदेश समितिको १६ गतेको बसेको पूर्ण बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्न २० उपसमिति निर्माण गरी काम अगाडि बढाएको प्रदेश इन्चार्ज पाण्डेले जानकारी दिए । प्रदेशमा १ गैरभौगोलिक शाखासहित पोखरा महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा अधिवेशनहरु सम्पन्न भएर समिति निर्वाचित भएको पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार ६ सयजना पालिका समितिहरुबाट निर्वाचित प्रतिनिधिहरु, ६० जना मनोनित प्रतिनिधिहरु, आयोजक ९६ जना, ज्येष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेश ४३ जना र प्रदेश सल्लाहकार ४७ गरी ८ सय ४६ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ । जस्मा महिला ३५ प्रतिशत युवा २० प्रतिशत १९ प्रतिशत १९ जना र मुस्लिम तथा सीमान्तकृतहरुको सहभागितासहित गण्डकी प्रदेश समिति निर्वाचित हुने पाण्डेले सुनाए । ‘कम्युनिस्ट आन्दोलनलाई यस स्थानसम्म ल्याई पु¥याउने सम्पूर्ण परिवारजनलाई अधिवेशनमा सम्मान गरिने छ ।
अधिवेशनमा विचार निर्माण र संगठनात्मक काममा मूख्य केन्द्रीत हुन्छ,’ पाण्डेले भने, ‘स्थायी बसोबास भएका पार्टीका स्थायी समितिका सदस्यहरु केन्द्रीय समितिका सदस्यहरु संघीय संसदका सदस्यहरु केन्द्रीय सल्लाहकारहरु र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका कमरेडहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिन्छ ।’ प्रदेश अधिवेशनमा सहमति नभए निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने पाण्डेले बताए ।
FACEBOOK COMMENTS