काठमाडौं । स्वास्थ्य परीक्षणको गलत रिपोर्टका कारण वैदेशिक रोजगारीबाट फर्काइएका पीडितले चिकित्सक र स्वास्थ्य संस्थाबाट क्षतिपूर्ति पाउने भएका छन् । इजरायलबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिमा डा. बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल पुगेका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा दम रोगी भएको पुष्टि भएपछि किरण बस्नेत नेपाल फर्काइएका हुन्
सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटन र जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको हो । चिकित्सक बस्न्यातबाट ३ लाख र स्वास्थ्य संस्थाबाट ३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनु भनी आदेश गरेको हो । २०७२ साल माघ ७ गते सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ हालै तयार भएको हो ।
चिकित्सकले व्यवसायिक जिम्मेवारी पूरा नगरी ग्राहकको उपचारमा हेलचेक्र्याईं गरेको कारणले सेवाग्राहीलाई पर्न गएको असरको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने देखिन्छ । न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै रोगको सम्भावना नभएको देखाएको छ ।
FACEBOOK COMMENTS