जनकपुरधाम। सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको कोरोना खोप बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । ५ हजार लिएर रुपैयाँ जोन्सन एण्ड जोन्सन खोप बेचिरहेको अवस्थामा अख्तियारको काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्णकुमार यादव छन् ।
३ वटा खोपसहित पक्राउ परेका दुई जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
FACEBOOK COMMENTS