पोखरा मंसिर २७,पोखरामा १९ करोड लागतमा महानगरपालिकाको प्रशासनिक भवन बन्ने भएको छ । कूल १९ करोड पाँच लाख छ हजार ३०५ रुपैयाँ लागतमा नयाँबजार स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भएको ठाउँमा नयाँ प्रशासनिक भवन बन्ने भएको हो ।
पाँच तले उक्त भवन सम्झौता मितिदेखि १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने भूमि बुद्ध ओम बुद्ध जेभी विराटनगरसँग असोज १० गते ठेक्का सम्झौता भएर काम अगाडि बढेको महानगरका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले बताउनुभयो ।
सोमबार भवनको शिलान्यास गर्दै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरका सबै महाशाखाहरुको सेवा एउटै भवनबाट प्रवाह गदै नागरिकलाई सहज रुपले सेवा सुबिधा प्रदान गर्न प्रशासकीय भवन निर्माण गर्न लागिएको बताउनुभयो।
बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको शिलान्यास कार्यक्रममा सरकारी जग्गालाई खुल्ला राखी पार्क बनाउनुपर्नेमा भवन बनाउन लागेको भन्दै दमकलमार्ग वरपरका स्थानियले विरोध गरेका थिए ।
FACEBOOK COMMENTS