काठमाडौं । सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार धितोपत्र बोडको अध्यक्ष छनौटका लागि अर्थ मन्त्रालयले नयाँ समिति गठन गरेको छ ।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेकाे अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिएका छन् ।
यसअघि बनेको समिति मन्त्रिपरिषदले निर्णय नगरी अर्थमन्त्रालयले मात्रै निर्णय गरेको थियो । त्यसलाई नमानेर मन्त्रिपरिषदको निर्णयपछि मात्रै समिति बनाउनु पर्ने भएर अर्को समिति बनेको हो ।
अर्थमन्त्रालयले गठन गरेको समितिमा विज्ञ सदस्यको रुपमा रहेका प्रा.डा. नारायण प्रसाद पौडेललाई हटाएर उनको ठाँउमा डा. धिताललाई ल्याईएको छ ।
FACEBOOK COMMENTS