काठमाडौं । राष्ट्रिय पोषाक संरक्षण महाअभियान नेपलले राष्ट्रिय झण्डा प्राचीन शैलीको भएको भन्दै यसको संरक्षणका लागि नागरिक स्तरबाट र्याली निकालिएको छ। ‘सन् १९६२ डिसेम्बर १६ अर्थात वि।सं।२०१९ पुष १ गते प्रचलनमा रहेको वर्तमान झण्डालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो।
नेपालको झण्डाले हामिले नदेखेको कुरा देखेको छ । झण्डाले राणाशासन ,प्रजातान्त्र , पञ्चायत लोकतान्त्र सबै देखेको छ ।नेपालको हरेक उत्तारचडाव देखेको यो झण्डा कहिले पनि झुकेन र यो विश्व सामु जाजुल्लेमान भएर ,फरफराई रह्यो त्यसैले यो झण्डालाई देशभक्त झण्डा भन्दा कुनै फरक पर्दैन् । ‘नेपालको शान, मेरो स्वाभिमान राष्ट्रिय झण्डा, हाम्रो पहिचान’भन्ने नारासहित माइतीघरमा र्याली निकालिएको छ।
झण्डाको माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ। निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो। नेपालको राष्ट्रिय झण्डामा दुई चुच्चो र तीन कुना भएकोले नेपाल हिमाल, पहाड र तराई भूमीको देश भएको जनाउछ ।
नेपाली झण्डामा माथिल्लो त्रिकेणमा चन्द्र छ भने तल्लो त्रिकोणमा सूर्य छ। चन्द्रलाई मन र बुद्धिको प्रतीक मानिन्छ भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधिनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने मान्यता बुद्धिजिविहरुले राख्दै आएका छन्।
झण्डामा रहेको ८ कोणको चन्द्रमाले १६ कला र सूर्यको १२ कोणले १२ महिना, १२ राशी बुझाउँछ। रातो रंगले उर्जा, नीलोले आकाश र सेतोले शान्तिलाई प्रतिविबितगर्छ। झण्डाको महत्त्व उजागर गर्न झण्डा दिवस मनाईदै आएको छ ।
वि सं। २०१९ मा इन्जिनियर शंकरनाथ रिमालले हालको झण्डा नक्साङ्कन गरेका थिए। झण्डाको स्वरुप उही थियो । द्द०१९ मा संवैधानिक मास्यौदा समिति बनेपछि झण्डाको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितिय सूत्रको प्रयोग भयो। जसलाई पाइथागोरस त्रिकोण भनिन्छ।
FACEBOOK COMMENTS