राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई बधाई तथा शुभकामना दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत शर्मा र थापालाई बधाई तथा शुभकामना दिएका हुन् ।
मेरा सहपाठी विश्वप्रकाश शर्मा र गगन थापा नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ लिङ्देनले लेखेका छन् ।
विश्वप्रकाश र गगन बिहीबार सम्पन्न मतगणनामा विजयी भएका हुन् । गगन ३०२३ र विश्वप्रकाश १९८४ मतका साथ महामन्त्रीका विजयी भएका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महामन्त्रीमा ४६८२ मत खसेको थियो ।
FACEBOOK COMMENTS