काठमाडौँ । ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरिएको छ ।
योसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि नबढ्ने भएको छ । हालै जारी भएको उक्त निर्देशिकामा उमेर हद ५८ बाट ५६ मा पुर्याइएको विषयमा दायर भएको मुद्दामा न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासले सो कार्यविधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सोमबार उच्च अदालत पाटले टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियामा सरकारलाई कारण देखाउन आदेश समेत जारी गरेको छ ।
FACEBOOK COMMENTS