काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
समायोजनपछिको भाउ ११ सय रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् सोमबारको अन्तिम कारोबार मूल्य १३ सय १० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने १९ प्रतिशत बोनस सेयर र कर तिर्न सहित छ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न १५ पुसमा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा सभा आह्वान गरेको छ । जसका लागि कम्पनीले आज पुसमा बुक क्लोज गरिसकेको छ ।
FACEBOOK COMMENTS