काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि ससहयोग नभई विषजस्तै भएको बताएका छन् ।
आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गर्ने सूचनामाथि वक्तव्य दिने क्रममा सांसद सुवालले सो कुरा बताएका हुन् ।
एमसीसी देशको हितमा नभएको बताउँदै उनले भने, ‘यो अमेरिकी सहयोग होइन, विष जस्तै हो अमेरिकाको । र यो सम्झौता गर्नुहुने र हस्ताक्षर गर्नुहुने सरकारी नेता र अधिकारीहरूले राम्रो काम गर्नुभएन देशघाती नै काम गर्नुभएको देखिन्छ ।’
‘कुनै पनि देशभक्त नेपालीले एमसीसी सम्झौतालाई समर्थन गर्न सक्दैन,’ उनले अगाडि भने, ‘सम्झौताको अनुसूची ‘क’ मा एमसीसीलाई चित्त बुझ्ने योजना नेपाल सरकारले पेश गर्ने र त्यस्तो योजना भारत सरकारको सहमति हुनुपर्ने प्रावधान लेखिएको छ । के यसको अर्थ नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र होइन, भारतको प्रदेश जस्तै हो भनिएको हो, के नेपाल त्यस्तो हो ?’
त्यस्तो सम्झौतामा सरकारी नेता र अधिकारीहरूले हस्ताक्षर गर्नै नहुने तर्क गर्दै सांसद सुवालले भने, ‘एमसीसी सम्झौता अविलम्भ खारेज गर्न सभामुखमार्फत सरकार र प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहान्छु ।’
यो पनि पढ्नुहोस्
संसदमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छामाथि छानविनको माग
FACEBOOK COMMENTS