काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आज (बुधबार) देखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।
बैंकले १ कित्ता शेयर बराबर १ कित्ता शेयर (१ः१) को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुला गरेको हो ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरबाट पनि आवेदजन दिन सकिने छ ।
हकप्रद शेयरमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर २३ गतेसम्म कायम रहेका सेयरधनीहरले आवेदन दिन पाउनेछन् । २४ गतेबाट बुक क्लोज भएको थियो ।
FACEBOOK COMMENTS