काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले चेतावनी दिएको छ ।
युरोपमा कोभिडको अर्को आँधी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् ।
अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ क्लुगले भने । युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको उनले चेतावनी दिएका हुन् ।
FACEBOOK COMMENTS