काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको उपाध्यक्षमा निराकर श्रेष्ठ र सुनिल रिजालको बराबर मत आएको छ ।
उनीहरु दुवै जनाको १४- १४ मत आएको थियो । बराबर मत आएपछि दुवै जनालाई आधा – आधा कार्यकाल उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । उपाध्यक्षमा निर्वाचित दुवै जनाले नवनिर्वाचित अध्यक्ष ध्रुव थापासमक्ष सपथ लिएका छन् ।
सुनिल रिजाल अघिल्लो कार्यसमितिमा महासचिव भएर काम गरेका थिए भने निराकर श्रेष्ठ कार्यसमिति सदस्य थिए । श्रेष्ठ र रिजालसँगै उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, मोहनबाबु खड्का र सुवास आचार्य विजयी भएका छन् ।
यो पनि पढ्नुहोस्–
नाडा अध्यक्ष थापाले लिए सपथ, गरिमा उच्च हुने गरी काम गर्ने प्रतिबद्धता
FACEBOOK COMMENTS