काठमाडौं । अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।
बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशमान श्रेष्ठले तरलता अभाव हुन नदिन विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा पैसा पठाइएको जानकारी दिए । यसैगरी शोधानान्तर घाटा कम गर्नका लागि आयात निरुत्साहित गर्ने कदम चालिएको उल्लेख गरे ।
तरलता समस्या सुधारका का लागिचालु आर्थिक वर्षको पुष ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत रू. २५०० अर्ब, ओभरनाइट रिपो मार्फत रु.६९ अर्ब, रिपो मार्फत रू. २२० अर्ब र सोझै खरिद मार्फत रू, २७ अर्ब प्रवाह भएको राष्ट्र बैँक ले जनाएको छ ।
त्यस्तै कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ । पुनर्कर्जा सुविधा उपलब्ध गराइएकोमा ‘चालु आ.व. को हालसम्म रू. ९२ अर्ब स्वीकृत’ भएको राष्ट्र बैँकले जानकारी दिएको छ ।
नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । व्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउन सक्ने पनि बैँकले बताएको छ ।
अबदेखी राष्ट्र बैँकले चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकको छ । बैँकले केही वस्तुहरूको आयातमा शत प्रतिशत नगद मार्जिनको व्यवस्था पनि गरेको छ ।
वैदेशिक रोजगारमा रहेकाहरूलाई बैंकको खातामा १ प्रतिशत थप व्याज प्रदान गरने व्यवस्था पनि बैँकले गरेको छ । गैर आवसिय नेपाली संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्धती खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने, नगद विदेशी मुद्रामा कटौति गरेको छ । अवैध ढंगले आयात भैरहेको सुनलाई नियन्त्रण गरेको बैँकले जानकारी दिएको छ ।
त्यस्तै बैँकले विदेशी ऋण ल्याउन सहजता प्रदान गरेको छ । ननडेलिभरेवल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा घटाउनुका साथै
अन्तर्राष्ट्रिय मुद्रा कोनसंग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको पनि राष्ट्र बैँकले जानकारी दिएको छ।
FACEBOOK COMMENTS