काठमाडौं । विभिन्न ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका लगानीकर्ताले मात्रै तीन वटा कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् । जसमा महालक्ष्मी विकास बैंकड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्स रहेका छन् । यी तीन कम्पनीको लाभांश लिने हो भने आजसम्म सेयरधनी बनिसक्नुपर्ने छ ।
महालक्ष्मी विकास बैंकले भोलि मंगलबार एकदिन बुकक्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका लगानीतकर्ताले तोकेको लाभांश पाउने छन् । बैंकको २० औं वार्षिक साधारणसभा पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगदसहित २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी साधारणसभाको लागि भोलि मंगलबारदेखि पुस २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका लगानीकर्ताले मात्रै कम्पनीले घोषणा गरे अनुसार लाभांश पाउने छन् ।
कम्पनीको २३औं वार्षिक साधारणसभा पुस २५ गते नक्साल, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगदसहित ३१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यता नेपाल हाइड्रो डेभलपर्सले साधारणसभाको लागि भन्दै भोलि मंगलबारदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका लगानीकर्ताले मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् ।
कम्पनीको वार्षिक साधारणसभा पुस २८ गते डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सुरू हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट कम्पनीका सयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांशसहित ७.३६८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । तीन वटै कम्पनीको सभाले पारित गरेपछि लगानीकर्ताले तोके अनुसार लाभांश पाउने छन् ।
FACEBOOK COMMENTS