काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध आधा दर्जन गोल गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।
घरेलु मैदानमा इतिहादमा भएको खेलमा लेस्टरलाई ६–३ ले पराजित गरेको हो । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्यो । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल गर्यो ।
सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे ।
जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ । १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ ।
FACEBOOK COMMENTS