काठमाडौं । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक आज मंगलबार २ दशमलव ६६ अंकले घटेको छ ।
अघिल्लो दिन सोमबार ६९ दशमलव ७७ अंकले घटेर २ हजार ५२१ दशमलब ६५ विन्दुमा झरेको थियो । नेप्से घट्ने क्रम आज पनि नरोकिदा आज नेप्से परिसूचक २ हजार ५१८ दशलमव ९९ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २३० वटा धितोपत्रको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर रू. ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ मा खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका ती धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
आज समूहगत परिसूचक बढ्नेमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव शून्य ७ प्रतिशतले बढेको छ । त्यसैगरी व्यापार समूहको शून्य दशमलव ६४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ११ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ९१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७२ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशलमव १७ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशलमव ५१ प्रतिशत, होटेल एण्ड टुरिजम समूहको शून्य दशमलव ३५ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५४ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव २७ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ४६ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशलमव ४७ प्रतिशतले घटेको छ ।
केही दिन बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेसँगै सामान्य करेक्सन आइरहेको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS