काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीको आठौं वार्षिक साधारणसभा आज शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवम् मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारणसभामा सेयरधनीहरुलाई अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी गराइएको थियो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष किशोर सुवेदीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । यसका साथै, सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसम्बन्धी अनुसूचीहरुउपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिएको छ ।
सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्यो । कम्पनीको सञ्चालक समितिमा पुरानै सञ्चालकहरू दोहोरिएका छन् । कम्पनीको सञ्चालकमा यसअघि सञ्चालक रहेका नारायणबाबु अधिकारी, उत्तमप्रसाद वैद्य, प्रमोद श्रेष्ठ र टंकप्रसाद बरूवाल पुनः छानिएका छन् ।
कम्पनी सचिव अनिल पौडेलले सञ्चालन गरेका उक्त सभामा शेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS