काठमाडौं । चेम्बर अफ कमर्श गोरखाले कृषि तथा व्यापार प्रवद्र्धन मेला–२०७८ को आयोजना गरेको छ ।
मेलाको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेका छन् । अध्यक्ष मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कूलगार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशत भन्दा बढि योगदान रहेको भन्दै यो क्षेत्रलाई पहिलो प्राथमिकता दिइनु पर्ने बताए ।
कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नवढ्ने भएकाले व्यावसायीक कृषिको प्रवद्र्धन हुनु अति आवश्यक रहेको र यसलाइ निजी क्षेत्रले उद्योगको रुपमा अघि वढाउनु पर्ने वेलाआइसकेको बताए ।
‘गोरखा’नाम नै बिश्व प्रशिद्ध व्राण्ड भएकोले अर्गानिक वस्तुहरुको उत्पादनमा प्राथमिकता दिइ कृषि पर्यटनलाई प्रवद्र्धन गर्न उनले आग्रह गरे ।
गोरखा जिल्ला प्राकृतिक बिबिधतायुक्त जिल्ला भएकोले जडीबुटी खेतीको पनि प्रसस्त संभावना रहेको बताए । कृषिलाई अभियानको रुपमा संचालनगर्न जिल्ला चेम्वरसँग नेपाल चेम्बर सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले यस गोरखा जिल्ला प्राकृतिक बिबिधता भएको क्षेत्र भएकोले कृषि उत्पादनको लागि संभाव्य क्षेत्र भएको बताए । उनले स्थानीय कृषि उत्पादनको बजारीकरण हुन सकेमा व्यावसायीक उत्पादनको लागि स्थानीय किसान आकृष्ट हुने भएकोले मेला आयोजना गरिएको बताए । मेला पुस १८ देखि २७ गतेसम्म चल्ने छ ।
FACEBOOK COMMENTS