काठमाण्डौं – नारायणी र कोसी नदीमा पानीजहाज चलाउन सकिने/नसकिनेबारे नेपाल र भारतका उच्च अधिकारीले स्थलगत अध्ययन गरेका छन् ।
पानीजहाज चलाउने विषय नेपाली प्राविधिकका लागि नयाँ भएकाले दुई देशका अधिकारीहरूले संयुक्त रूपमा सम्भाव्यता अध्ययन गरेका हुन् ।
नारायणी र कोसी नदीको स्थलगत अध्ययनपछि बिहीबार दुई देशका अधिकारीबीच र शुक्रबार व्यापारिक समूहबीच हुने छलफलले थप प्रक्रिया प्रस्ट हुने बताइएको छ ।
अबको प्रक्रियाबारे पूर्ण रूपमा टुंगो नलागे पनि दुवै नदीमा पानी जहाज चल्न सक्ने सम्भावना देखिएको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेले बताए ।
– नागरीक
FACEBOOK COMMENTS